Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • फेरिए लुम्बिनी प्रदेशमा कांग्रेसका प्रमुख सचेतक


    मंगलबार, कार्तिक १८ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ। सुरेन्द्र हमालले समय दिन नसकेको जनाएपछि कांग्रेसले फखरुदिन खानलाई प्रमुख सचेतक बनाएको हो।

    संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले रुपन्देहीको लुम्बिनी क्षेत्रका सांसद खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन्।

    यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक थिए। हमालले प्रमुख सचेतक हुन अनिच्छा व्यक्त गरेकाले प्रमुख सचेतक परिवर्तन भएको क्षेत्रीले बताइन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार