Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • काठमाडौं महानगरको निर्देशनमा साझा पार्टीको आपत्ति


    मंगलबार, कार्तिक १८ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानलाई रोक्न दिएको निर्देशन दिएकोमा साझा पार्टीले आपत्ति जनाएको छ । संकटको समयमा रोजगारविहीन असहायलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गरेको हो ।

    ‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो । तर, उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो,’ साझा पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा विज्ञप्तिमा भनिएको छ, ‘सरकारको सो कदमको विरोध जनाउन बुधबार बिहान/बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन् ।’

    साथै, साझा पार्टीले तत्काल यो निर्णय फिर्ता गरेर कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था कि ‘माम’को व्यवस्था गर्न माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार