Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • रवि भन्छन्- भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक बस्छ


    बुधबार, माघ २४ २०८०
    805
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए ।

    सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने दाबी गरे ।

    उनले सर्वदलीय बैठक गर्ने प्रस्ताव गरेका विषय यी हुन् :

    १. आर्थिक शिथिलता, आम नैराष्य र युवा पलायनका लागि युवा केन्द्रित प्रोजेक्ट होपको विषय ।

    २. सुशासन र भ्रष्टाचार नियन्त्रण ।

    ३. रुग्ण भौतिक पूर्वाधार आयोजनाको व्यवस्थापन ।

    ४. शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको संकट समाधान ।

    ५. परराष्ट्र मामिला ।

    यी विषयमा सबै राजनीतिक दलको साझा धारणा बनाएर संसदबाट पास गर्न उनले प्रस्ताव गरेका छन् ।

    सत्तारुढ दलका नेताहरुको कुरा सुन्दा बेथिती कहाँ छ र समाधान कसरी हुन्छ भन्ने पनि थाहा रहेको देखिएको लामिछानेले बताए ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार