पोखरा । पोखरा महानगरपालिका–५ की ५९ वर्षीया महिलाको सोमबार राति कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
कोरोना पुष्टि भएपछि कात्तिक १४ गते उनी अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । मुटुको भल्भ फेरेकी उनी निमोनियाबाट समेत ग्रसित भएको अस्पतालले जनाएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।