नेत्रबहादुर थापा
सिन्धुपाल्चोक । तिहारको पूर्वसन्ध्यामा अवैध जुवा खेल्नेलाई पक्राउ गर्ने क्रमलाई प्रहरीले तीव्रता दिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा प्रहरीले सोमबार जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा नेत्रत्रहादुर थापा, खिकाप्रसाद सापकोटा, जयराम श्रेष्ठ, तिलक श्रेष्ठलगायत छन् ।
जुवा अखाडाबाट रकम कति बरामद भएको हो, त्यो भने प्रहरीले खुलाएको छैन । पक्राउ परेका नेत्र थापा सिन्धुपाल्चोक कांग्रेसका नेता हुन् । अन्य पनि जिल्लाका मझौलास्तरका कांग्रेस नेताहरु हुन् ।