Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • ठमेलमा चिनियाँ नागरिक मृत फेला


    आइतबार, माघ २१ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् । काठमाडौं–१७ ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत फेला परेका हुन् ।

    प्रहरीका अनुसार माघ १० गतेदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

    हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार