Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली डीएसपी बनेर धम्क्याउने बब्लु पक्राउ


    सोमबार, कार्तिक १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले कालीमाटी वृत्तको डीएसपी भनेर फोनमा धम्क्याउने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले सर्लाही रामनगर गाउँपालिका–६ घर भएका बब्लु झालाई पक्राउ गरेको हो ।

    वृत्तका डीएसपी अपिलराज बोहोराका अनुसार झाले १३ कात्तिकमा बानेश्वर बस्दै आएका ४१ वर्षीय चन्दु झालाई धम्क्याएका थिए । 

    आर्थिक लेनदेनको विषयमा बब्लुले भाइ चन्दुलाई पटक–पटक अपरिचित नम्बरबाट फोन गरेर धम्क्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार