Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रस्तावित राजदूतविरुद्ध उजुरी दिने अनुपस्थित, सर्‍यो सुनुवाईको मिति


    सोमबार, कार्तिक १७ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरु आजको लागि तोकिएको सुनुवाईमा अनुपस्थित भएका छन् । अमेरिका र बेलायतका लागि युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई प्रस्ताव गरिएकोमा उनीहरुविरुद्ध उजुरी दिइएको थियो । 

    उजुरीकर्ता अनुपस्थित भएकाले अब सुनुवाई कात्तिक २७ गतेको लागि सरेको छ । 

    संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाएको थियो ।उजुरीकर्तालाई पटक-पटक फोन गरेर सूचित गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको सभापति कर्णले बताए ।

    संसदीय सुनुवाई समितिका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका थिए । राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका थिए ।

    दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी परेको छैन । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार