Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मुकेश चौरसिया हत्या अभियोगमा एकजना पक्राउ


    सोमबार, कार्तिक १७ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पर्साका मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ। हत्यामा संलग्न भएको आरोपमा पर्सा विन्दवासीनी गाउँपालिका–४ मधवलका ३२ वर्षीय उत्तम भन्ने निरन्जन तिवारीलाई प्रहरीले पक्राउ गरेको हो। 

    तिवारीसहितको टोलीले कात्तिक ६ गते चौरसियामाथि आक्रमण गर्दा उनको ज्यान गएको थियो। सो दिन नेकपा विन्दवासीनी गाँउपालिका कमिटीको सपथ कार्यक्रमस्थल बाहिर झडप हुँदा सो घटना भएको थियो। 

    दुई पक्षबीच विवाद हुँदा बाँसको भाटाले एक अर्कालाई प्रहार गर्ने क्रममा चौरसिया घाइते भएका थिए। घाइते चौरसियाको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार