Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्पताललाई पैसा बुझाउन नसक्दा उठेन कोरोना संक्रमितको शव


    सोमबार, कार्तिक १७ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । अस्पताललाई पैसा बुझाउन नसक्दा कोरोनाका कारण मृत्यु भएका वृद्धको शव उठ्न सकेको छैन । विराट शिक्षण अस्पताल ६५ वर्षीय तामाङ थरका पुरुषको गत शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो । 

    तर उपचारमा लागेको तीन लाख ८४ हजार रुपैयाँ नतिरेको भन्दै अस्पतालले तीन दिनसम्म संक्रमितको शव आफन्तलाई बुझाएको छैन । व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा पनि लगाएको छैन । 

    उपचारका क्रममा भेन्टिलेटरमै ज्यान गए पनि अस्पतालले शव बन्धक बनाएर राखेको गुनासो परिवारको छ । मृतककी छोरीले भएको पैसा उपचारमा सकिएका कारण अरु पैसा तिर्न सक्ने अवस्था परिवारको नभएको बताइन् । 

    उनका अनुसार उपचारमा दुई लाख ५० हजार रुपैयाँ खर्च भएको छ । बुवालाई उपचारका लागि भर्ना गर्दा अस्पतालमा एक लाख रुपैयाँ धरौटी राखिएको र अरु पैसा औषधि खरिदमा सकिएको जानकारी उनले दिइन् । मृतककी छोरीले धेरै ठाउँमा पहल गर्दा पनि अस्पतालबाट शव निकाल्न नसकिएको गुनासो पोखिन् । 

    अस्पतालले उपचारमा लागेकोमध्ये एक लाख ३५ हजार रुपैयाँ छुट पनि गरेको छ । तिर्न बाँकी रहेको तीन लाख ८४ हजार रुपैयाँ नदिएसम्म नदिनेभन्दै अस्पताल आफैले शव राखेको उनले बताइन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार