Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • संसद् चल्दा काठमाडौं नछाड्न सांसदहरुलाई कांग्रेसको निर्देशन


    शुक्रबार, माघ १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संसद् बैठक चलेका बेला काठमाडौं उपत्यका नछाड्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

    आज बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको नेता रमेश लेखकले जानकारी दिए । साथै कांग्रेसले संसद् र संसदीय समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।

    सदनको अधिवेशन चल्दासम्म कांग्रेस सांसदले राजधानी छाड्न नपाउने जानैपरे प्रमुख सचेतक र सचेतकबाट लिखित अनुमति लिएर छाड्नुपर्ने निर्देशन दिइएको पनि लेखकले बताए ।

    उनले भने, ‘संसद र संसदीय समितिमा गणपूरक नपुगिरहेकाले समिति र सदनमा मन्त्री अनिवार्य उपस्थित भएर सांसदका कुरा सुन्न भनिएको छ । सांसदहरूलाई पनि सदनको अधिवेशन चल्दासम्म कांग्रेस सांसदले राजधानी नछाड्ने । प्रमुख सचेतक र सचेतकबाट लिखित रूपमा अनुमति लिएर छाड्नुपर्ने निर्देश गरिएको छ ।’

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार