Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौंमा


    शुक्रबार, पुष ६ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन पुस ७ गते काठमाडौंमा हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो ।

    नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवार काठमाडौंमा हुने बताए । उनले सम्मेलनको पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए ।

    उनले भने, ‘नेपाली काँग्रेस वागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलन नेपाली काँग्रेसका श्रद्धेय सभापति एवं शेरबहादुर देउवाजीको प्रमुख आतिथ्यता र नेपाली नेपाली कांग्रेस बागमती प्रदेश सभापति श्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा २०८० साल पौष ७ गते शनिवार बिहान ८ः३० बजे समुद्घाटन हुनेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार