Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • स्कटल्यान्डको आगलागीमा परी नेपाली दिदीबहिनीको मृत्यु


    शुक्रबार, माघ १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्कटल्यान्डको एबर्डिनमा दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर ज्यान गएको छ।

    पोखरा घर भई हाल एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्‍यु भएको हो ।

    मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी थिइन् । उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी सुरु भएको थियो।

    आगलागी भएको थाहा पाउनेबित्तिकै हतार हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए।

    आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्‍यु भएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार