Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाखाैँ मुल्य बराबरको जडिबुटीसहित ५ जना पक्राउ


    आइतबार, कार्तिक १६ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडिबुटीसहित ५ जनालाई पक्राउ गरेको छ ।

    मनाङबाट बेंसीसहरका लागि छुटेकाे ग १ ज ७४५३ नम्बरको पिकअप भ्यानबाट १९ लाख ३२ हजार २ सय ९० रुपैयाँ बराबरको १६ किलो जटामसी, १ सय २४ किलो बुकीफूल, ५३ किलो धुपीपात, ९ किलो सुनपाती,१३ किलो भोजपत्र गरी २ सय १५ किलो जडिबुटी बरामद गरिएको प्रहरीले जनाएको छ ।

    अवैध रुपमा जडिबुटी ओसारपसारमा संलग्‍न मनाङको नार्पाभूमि गाउँपालिका २ का ४५ वर्षीय लाम्पा छिरिङ लामा र मनाङ ङिस्याङ गाउँपालिका ३ की २९ वर्षीया पल्मु लामासहित जिप चालक लमजुङको दोर्दी गाउँपालिका ८ का ३१ वर्षीय कर्ण गुरुङलाई पक्राउ गरिएको डीएसपी गंगाबहादुर थापाले बताए ।

    शनिबार दिउँसो अवैध जडिबुटी र ओसारपसारमा संलग्न व्यक्ति पक्राउ पछि विशेष सूचनाको आधारमा बेंसीसहरका २ घरमा खानतलासी गर्दा बेंसीसहर नगरपालिका ८ की ४४ वर्षीया शान्ताकुमारी तामाङ र ४६ वर्षीय मीनबहादुर तामाङले अवैध जडिबुटी राखेको भेटिएपछि जडिबुटीसहित दुवैजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    शान्ताको घरबाट प्रतिबन्धित जडिबुटी पाँचऔंले ८ किलो बरामद गरिएको प्रहरीले जनाएको छ । मिनबहादुरको घरबाट साढे ३ किलो पाँचाऔंले, निरमसी ५३ किलो, मजिठो १४ किलो, पिप्ला २ सय ४१ किलो, सतुवा साढे ८ किलो, जटामसी साढे २ किलो, ढालिङ १ सय ६ किलो, कुड्की ५४ किलो गरी कूल ४ सय ८२ किलो अवैध जडिबुटी बरामद गरिएको डीएसपी थापाले बताए ।

    बरामद गरिएको जडिबुटीसहित ५ जनालाई आवश्यक कारबाहीको लागि आइतबार डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार