Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा ३६२० जना संक्रमित कोरोनामुक्त


    आइतबार, कार्तिक १६ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।  

    यो सँगै नेपालमा एक लाख ३४ हजार ८ सय २४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७७ दशमलभ ७ प्रतिशत रहेको छ। 

    मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १४ लाख ५६ हजार ३ सय ६६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार २ हजार ३ सय ८६ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३७ हजार ७ सय ६५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार