काठमाडौं । काठमाडौंको तीनकुने पुलमुनि एक पुरुषको शव भेटिएको छ। आन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। ५ फिट ८ इन्च हाइट भएको पुरुषको सनाखत हुन सकेको छैन।
ती पुरुषको केही दिनअघि नै मृत्यु भैसकेकाले प्रहरीले जनाएको छ । शवको जिउमा सुन्तले कलरको टिसर्ट र कालो हाफ पेन्ट छ। खुट्टामा चप्पल समेत छैन।