Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ११ लाख ५५ हजार नगद सहित १८ जना जुवाडे पक्राउ


    आइतबार, कार्तिक १६ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर ।  ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ चाङ्गाथलीस्थित  शंकर बस्नेतको  घरमा जुवातास खेलीरहेको अवस्थामा शनिबार राति १८ जुवाडेलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर जिल्ला सुर्यविनायक–२ का वर्ष ४९ का सुरेश पौडेल, वर्ष ४३ का पुर्ण कृष्ण श्रेष्ठ, वर्ष ३६ का विकास श्रेष्ठ, वर्ष ४३ का केशव बस्नेत, वर्ष ५७ का मधुसुदन महत, वर्ष ४३ का पवन खत्री वर्ष ५४ का श्याम कायस्थ रहेका छन् ।

    त्यस्तै पक्राउ पर्नेमा अन्यमा ललितपुर, महालक्ष्मी–५ का वर्ष ५४ का भुवन रानामगर, बेल बहादुर बुढाथोकी, वर्ष ४६ का विश बहादुर बुढाथोकी, वर्ष ४३ का सन्तोष रानामगर, महालक्ष्मी–७ का वर्ष ४३ दिप श्रेष्ठ, वर्ष ५४ का शंकर बस्नेत, वर्ष ४५ का भरत थापा, वर्ष ४० को राजाराम बस्नेत, वर्ष ५० को राजन महर्जन  र काठमाडौ–३२ का वर्ष ४९ का गोकुल खड्का रहेको महानगरी प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

    प्रहरी निरीक्षक श्यामकुमार कट्वालको  नेतृत्वमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

    उनीहरुको साथबाट प्रहरीले ११ लाख ५५ हजार ५७५ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा समेत बरामद गरेको वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

     पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार