Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आमालाई कुटपिट गर्ने छाेरा पक्राउ


    शनिबार, कार्तिक १५ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाले ८५ वर्षीया आमालाई कुटपिट गरेकाे आराेपमा उनकै छाेरालाई पक्राउ गरेकाे छ ।

    आफ्नै आमा सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा नगरपालिका-३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह सोनारलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    घरायसी झै-झगडाको कारण सोनारले मंगलबार आफ्नै आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएको सूचनाका आधारमा बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घाइतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात जनकपुर हुँदै थप उपचारको लागि सिरहा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार