Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९३७ पुग्यो


    शनिबार, कार्तिक १५ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा २ हजार ५ सय ८ भेटिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन्। 

    कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ४३ हजार ३ सय ४३ पुगेको छ। हाल क्वारेन्टाइनमा २ हजार ४ सय १० रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार