Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रमन्त्री साउद र नोवेल शान्ति पुरष्कार विजेता कैलाशबीच भेटवार्ता


    सोमबार, माघ १५ २०८०
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज उनीहरुबीच भेटवार्ता भएको हो ।

    भेटमा परराष्ट्रमन्त्री साउदले बाल अधिकारलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पुर्‍याएको योगदानको चर्चा गरे । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुगेका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्च महिनामा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलनको तयारीबारे पनि छलफल भएको बताइएको छ ।

    सत्यार्थीलाई सन् २०१४ मा बाल अधिकारको क्षेत्रमा काम गरेवापत नोवेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार