सल्यान। भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकामा ९ सय ६० अस्थायी टहरा निर्माण भएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर १७ कार्त्तिकमा गएको शक्तिशाली भूकम्पले घर क्षति भएपछि त्रिपालमुनि बस्दै आएका सर्वसाधारण आफैँ र विभिन्न संघसंस्था तथा स्वयमसेवकहरुको सहयोग समेत गरी दार्मामा ९ सय ६० अस्थायी टहरा निर्माण भएका हुन् ।
उक्त भुकम्पबाट घरहरु क्षती भएपछि मंसिर १६ गतेदेखि विभिन्न पार्टीका स्वयमसेवक, नेपाली सेना र स्थानीय अस्थायी टहरा निर्माणमा खटिएका थिए ।
पीडितहरु आफैँले ६७० अस्थायी टहरा निर्माण गरेका छन् भने माओवादी केन्द्रका कार्यकर्ताले २६२ वटा टहरा निर्माण गरिदिएका छन् । त्यस्तै, नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले १७, नेकपा समाजवादीले ३ र नेपाली सेनाले ४ वटा अस्थायी टहरा निर्माण गरिदिएका हुन् ।
दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले अहिलेसम्म ९ सय ६० अस्थायी टहरा निर्माण भएका जानकारी दिए । उनका अनुसार सुरुवातमा गाउँपालिका क्षेत्रमा १ हजार १७९ घर बस्न नमिल्ने गरी भत्किएका थिए । तर अहिले भने लाभग्राहीको संख्या थपिएर २ हजार ३ सय पुगेको छ ।
त्यसमध्ये अहिलेसम्म ५२० ले अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ताको २५ हजार रुपैयाँ पाएका छन् ।
भुकम्पले बस्नै नमिल्ने गरी घर क्षति भएपछि दार्माका १ हजार १ सय ७९ परिवार विस्थापित भएका र पछि १ हजार २ सय परिवार थपिएका अध्यक्ष केसीले बताए ।
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
काठमाडौं। धनगढीमा सत्याग्रह गरिरहेका डा.गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् । प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend