Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • ललितपुरमा एक विदेशी महिला मृत भेटिइन्


    सोमबार, माघ १५ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरमा एकजना विदेशी नागरिकको शव फेला परेको छ।

    आज (सोमबार) बिहान मंगलबजारनजिकै विदेशी महिला मृत भेटिएकी हुन्। उनी जर्मन नागरिक भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले घटनाको जानकारी पाएको बताए। ‘हामी अहिले घटनास्थलमा जाँदैछौँ,’ एसपी कार्कीले भने।

    उनी एक वर्षदेखि मंगलबजार क्षेत्रमै बस्दै आएको स्थानीयले बताएका छन्। उक्त घटनाकाे विस्तृत विवरण आउँन बाँकी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार