Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पदम गिरी भन्छन्- सुन तस्करी प्रकरणमा सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान गर्नुपर्छ


    सोमबार, माघ १५ २०८०
    820
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणमा सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान सोझ्याउनुपर्ने दाबी गरेका छन्।

    सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी नभएको भन्दै प्रमुख सचेतक गिरीले यस्तो बताएका हुन् । प्रमुख सचेतक गिरीले जाँचबुझ आयोगको समयावधि थपेर मात्रै सुन काण्डको अनुसन्धानले परिणाम ल्याउन नसक्ने बताए ।

    सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले दलका प्रतिनिधिहरुलाई प्रमुख सचेतक गिरीले भने, ‘यो काण्डमा जोडिएका सत्ता पक्षका नेताहरुमाथि पनि अनुसन्धान हुनुपर्छ ।’

    सरकारले सुन तस्करी प्रकरणको जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

    आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य छन् ।

    आयोगलाई विद्युतीय चुरोट (भेप) र ब्रेक शुमा लुकाएर गरिएको सुन तस्करी लगायतका विषयमा अनुसन्धान गर्ने जिम्मेवारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार