Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुकुम पश्चिममा युवाबीच झगडा भएको सूचनापछि घटनास्थल पुगेका प्रहरीमाथि नै आक्रमण, २ जना घाइते


    सोमबार, माघ १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीयको आक्रमणबाट ड्युटीमा खटिएका दुई प्रहरी जवान घाइते भएका छन् ।

    घाइते हुनेमा इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का रहेका छन् ।

    आइतबार साँझ बाँफिकोट–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवादबारे बुझ्न पुगेका शाही र खड्कालाई स्थानीयले आक्रमण गरेका थिए ।

    उनीहरुको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    स्थानीय युवाबीच झगडा भएको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेर प्रहरीले सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरी माथि आक्रमण भएको बताइएको छ ।

    अहिले घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

    साथै प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान थालेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार