Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा कारको ठक्करबाट ४ नेपालीको मृत्यु, एकजना गम्भीर


    आइतबार, माघ १४ २०८०
    890
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । छिमेकी मुलुक भारतमा कारको ठक्करबाट ४ नेपालीको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। ।

    हरियाणाको सोनीपतको मामा भञ्जा चोकमा बहलगढबाट आउँदै गरेको तीव्र गतिको फोर्ड इको स्पोर्ट्स कारले साइकल र स्कुटरमा घर फर्किएका नेपालका पाँच युवालाई पछाडिबाट ठक्कर दिँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

    कारमा सवार तीन युवक पनि गम्भीर घाइते भएका छन्। यो दुर्घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ। भिडियोमा घटना निकै भयानक देखिएको छ।

    भारतीय मिडियाले प्रहरीबाट प्राप्त गरेको जानकारी अनुसार यस दुर्घटनामा ज्यान गुमाएका युवाको सनाखत भएको छ। मृत्यु हुने युवाको नाम खिलाबहादुर मगर अमर र कमलबहादुर खत्री रहेका छन् । उनीहरु नेपालको ओखलढुंगाको मोलुङ गाउँपालिका ४ का हुन्। अन्य दुइ मृतक दलबहादुर रायमाझी अर्घाखाँची र अर्जुन सुनुवार सर्लाहीका हुन्। उनीहरुका एक साथी दिलबहादुर गम्भीर घाइते भएका छन् । उनी पनि ओखलढुंगाकै हुन् । कारमा सवार युवा ऋतिक, मोहित र अरुण पनि गम्भीर घाइते भएका छन् ।

    घाइतेहरूलाई उपचारको लागि रोहतक पीजीआईमा रिफर गरिएको छ। सबैजना नेपालीहरू वेटरको काम गरेर परिवारको गुजारा चलाउने गर्दथे ।

    उक्त दुर्घटना हुँदा चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा गाडी चलाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार