Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • बाक्लो हुस्सुले नेपालगञ्जमा हवाई उडान प्रभावित


    आइतबार, माघ १४ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। शीतलहर र बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । मौसमले भिजिविलिटी नहुँदा हवाई उडान प्रभावित भएको हो । प्रतिकूल मौसमका कारण उडान र अवतरण दुवै प्रभावित भएका छन् ।

    शनिवार नेपालगञ्जमा कुनै पनि उडान हुन सकेन । विमानस्थल प्रमुख सुरेश खनालले बाक्लो हुस्सुका कारण नियमित उडानमा कठिनाइ भइरहेको बताए। प्रतिकूल मौसमका कारण माउन्टेन फ्लाइट समेत भएका छैनन् ।

    नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला हुम्ला, मुगु र बाजुरामा जाने समिट र तारा एयरलाइन्सको दुई, यति एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको ६ वटा उडान नभएको खनालले बताए। आज पनि बाक्लो हुस्सु र शीतलहर चलेको कारण उडान प्रभावित हुने देखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार