Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जीबी राईविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी


    आइतबार, माघ १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको हाे ।

    जीबी राईविरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो ।

    डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया सुरु गर्ने छन् । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित एक दर्जन व्यक्ति फरार छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार