Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेनीमा जिप दुर्घटना : एक जनाको मृत्यु, १० घाइते


    शुक्रबार, कार्तिक १४ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • म्याग्दी । म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  भने १० जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।

    बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो ।

    जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले दिएको विवरणअनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका–६ ठाडाखानीका वसन्त छन्त्याल(३०), सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा(५०), ठगकुमारी शेर्रपुजा (४०), सिर्जना शेर्रपुजा (२४), दीवा शेर्रपुजा (२३), इच्छा शेर्रपुजा (७), दिक्षा शेर्रपुजा (८) र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन (४२) रहेका छन् ।

    घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम बेनीदेखि करिब १ किलोमिटर उत्तर बेनी–बेनी जोमसोम सडकखण्डमा पर्छ । दुर्घटनाको कारण खुलेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार