Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • आज प्रदेश २ मा सार्वजनिक बिदा


    शुक्रबार, कार्तिक १४ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा बिदा दिइएको हो ।

    मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना दिँदै आज सार्वजनिक बिदा दिएको जनाएका छन् ।

    ‘प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लैजान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।​pradesh_2_jtBQHuoRr0.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार