Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • चिनियाँ उपमन्त्री सुन हेयान नेपालमा


    शुक्रबार, माघ १२ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ । माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् ।

    चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । साथै उनी भोलि हुने एउटा राजनीतिक गोष्ठीमा सहभागी हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार