Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सामूहिक बलात्कार मुद्दाका फरार आरोपी किशाेर पक्राउ


    बिहिबार, कार्तिक १३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । सामूहिक बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् ।

    आठ महिना अगाडि भएको बलात्कारकाे घटनामा संलग्नमध्येका एक जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

    रुपन्देहीको तिलोतमा नगरपालिका–१५ दर्खुस्वास्थित एक घरमा लुकिरहेको अवस्थामा ती किशोरलाई बुधबार अपराह्न मोरङ प्रहरीले पक्राउ गरेको हो ।

    नाबालिग अभियुक्तलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत मोरङमा बुझाइने छ ।

    प्रहरीका अनुसार मोरङको बुढीगंगा गाउँपालिका–७, बडहरा चौरीस्थित महदा खोला पारि रहेको थुम्कीको घारीमा एक १६ वर्षीयासँग गत वर्ष १५ माघमा राति ९ बजे पाँच जनाले सामूहिक बलात्कार गरेका थिए ।

    पीडितको हजुरबुबाले दिएको जाहेरी अनुसार आरोपीमध्ये पक्राउ परेका बुढीगंगा–६ बडहरा टोलका १९ वर्षीय सन्देश लिम्बु र टंके भन्ने २१ वर्षीय कुमार राईलाई अदालतले पुर्पक्षको क्रममा कारागार चलान गरिसकेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार बलात्कारमा संलग्न विराटनगरका तीन नाबालिगमध्ये एक फरार थिए ।

    मोरङ जिल्ला अदालतले उक्त मुद्दामा ३१ वैशाखमा दिएको आदेशमा १८ वर्ष मुनिका ती बालकहरुलाई जमानीमा छाड्दै अभिभावकको जिम्मा लगाउने उल्लेख भएको मोरङको प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार