Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सचिव लम्साल र चिनियाँ राजदूत सोङबिच भेटवार्ता


    बिहिबार, माघ ११ २०८०
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएकाे छ । लम्साल सचिवमा नियुक्त भएपछि राजदूत सोङको यो पहिलो भेट हो ।

    सो भेटमा नेपाल–चीनबिचको सम्बन्धका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि शुक्रबार नेपाल भ्रमणमा आउँदै छन् । त्यसको विषयमा सचिव लम्साल र राजदूत सोङबिच छलफल बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार