Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना सुरक्षाका मापदण्ड पालना गर्न मुख्यमन्त्री पौडेलको आग्रह


    बिहिबार, कार्तिक १३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीको संवेदनशीलतालाई गम्भीरताका साथ लिन अनुरोध गरेका छन् । कोरोना सङ्क्रमित भएर उपचाररत मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै सामाजिक दूरीसहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरे । 

    पौडेलले आफू र आफ्नो श्रीमतीको समेत स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै कोरोनालाई चाँडै निको भएर नियमित कार्यमा फर्कने उल्लेख गरे । उनले सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक ७ गतेदेखि श्रीमतीसहित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको तथा गत वर्ष गङ्गालालमै  मुटुको एन्जिओप्लास्टी गरेको जानकारी दिँदै उपचारारत रहँदा स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे। 

    “आदरणीय अग्रज तथा समकालीन नेतृत्व, आमकार्यकर्ता, कर्मचारी, सञ्चारकर्मी एवं शुभचिन्तकहरुले मेरो स्वास्थ्य अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नुभएको छ । उपचाररत रहँदा यहाँहरुको प्रत्यक्ष सम्पर्कमा रहन असमर्थ भएता पनि सामाजिक सञ्जाल, मोबाइल एमएमएस र विभिन्न माध्यमबाट यहाँहरुले गर्नुभएको स्वास्थ्यलाभको कामनाले हामीलाई कोरोनाविरुद्धको लडाइँमा थप हौसला र उत्प्रेरणा मिलेको छ । हामी यहाँहरु सबैप्रति आभार व्यक्त गर्न चाहान्छौँ । आवश्यक सुरक्षा प्रोटोकल अपनाउँदा अपनाउँदै पनि हामी कोरोना सङ्क्रमित भयौँ ।  उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धेरैधेरै आभार व्यक्त गर्दछौँ”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार