Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हत्या गरी फरार एक महिला १४ वर्षपछि पक्राउ


    बिहिबार, माघ ११ २०८०
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मोरङ । कर्तव्य ज्यान कसुरमा दोषी ठहर भएर फरार रहेकी एक महिलालाई १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभाको साबिक सिद्धकाली गाविस–२ बस्ने ३५ वर्षीया कैली तामाङ रहेकी छन् ।

    तामाङलाई सङ्खुवासभा जिल्ला अदालतले २०६६ साल फागुन १२ गते कर्तव्य ज्यान कसुरमा २० वर्ष कैद सजाय ठहर गरेको थियो । तर, उनी त्यसयता फरार रहेकी थिइन् ।

    उनलाई बुधबार इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार तामाङलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको प्रहरी टोलीलाई बुझाई सकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार