Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • बुटवलबाट लागुऔषधसहित दुईजना पक्राउ


    बिहिबार, माघ ११ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल। इलाका प्रहरी कार्यालय बुटवलले लागुऔषध कारोबारमा संलग्न दुईजना यूवालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका -१० रामनगरस्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचको क्रममा शंकास्पद अवस्थामा हिँडेका बुटवल ११ देविनगरका ४६ वर्षीय दिनेश थापा र तिलोत्तमा नगरपालिका -२ का २८ वर्षीय बिक्की पुनमगरलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट एसपीएस लेखेको क्याप्सुल,केयर ज्याकको टिटीसेट,निबट्राभेट–१० लेखेको ट्याब्लेट नगद ५५ हजार ५ सय ४० रुपैयाँ र ब्राउन सुगर बरामद गरिएको छ ।

    उनीहरुलाई लागुऔषध कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार