Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ विदेशीसहित ६ जना पक्राउ


    बिहिबार, माघ ११ २०८०
    890
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । कास्की प्रहरीले क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ जना क्यानडियन र भारतीयसमेत रहेका छन्।

    मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानेडा लैजाने प्रलोभन देखाएर अन्तर्वार्ता लिन बोलाएको सूचना पाएको प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ गरेको हो।

    पोखरा महानगरपालिका-१३ पाटनवेशीकी ६५ वर्षीय पार्वती सुनारले छोरा क्यानडामा रहेकाले सिधै भिषा निकाल्ने प्रलोभन देखाएर अन्तर्वार्तामा बोलाएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

    ‘अन्तर्वार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्तर्वार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा फेला पार्‍यौं,’ उनले भने।

    पक्राउ पर्नेमा पार्वती सुनारसहित पोखरा- ९ महेन्द्रपुलकी ३७ वर्षीय रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका- ३ बस्ने ३२ वर्षीय सिमा सुनार, काठमाडौं महानगरपालिका- १४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन्।

    यस्तै, क्यानडाका स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपालका ३२ वर्षीय इस्मित कौरसमेत पक्राउ परेका छन्।

    पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार