Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पञ्जीकरण विभागले माग्यो १ सय कर्मचारी, दैनिक १२ सय तलब पाइने (सूचनासहित)


    बिहिबार, कार्तिक १३ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दैनिक १२ सय तलब दिने गरी गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय कर्मचारी मागेको छ ।

    विभागले बिहीबार एक सूचना जारी गर्दै करार दर्ता अपरेटर पदमा सय जनाको दरखास्त आह्वान गरेको हो । दरखास्त दिन चाहने नेपाली नागरिकले कुनै पैसा तिर्नु पर्ने छैन । कार्तिक १३ गतेदेखि १५ सम्म अनलाइनबाट फाराम भर्न सकिनेछ ।

    दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ । तीन महिना कम्प्युटर प्रशिक्षण गरेको वा प्रविणता प्रमाणपत्र तहमा कम्प्युटर विषय लिई अध्ययन गरेको हुनुपर्नेछ ।

    आवेदन दिएकाहरुको लिखित परीक्षा मंसिर १३ गते हुनेछ । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको छ ।

    122884343_362006685247295_4506363537885604837_n-558x768.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार