Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना हुँदा ७४ जनाको मृत्यु


    बिहिबार, माघ ११ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

    दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए ।

    उक्त विमान युक्रेनले खसालेको रुसले आराेप लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार