Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठूलो मात्रामा विस्फोटक पदार्थसहित विप्लवका कम्पनी कमिश्नर पक्राउ


    बिहिबार, कार्तिक १३ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कम्पनी कमिश्नरसहित दुई कार्यकर्ता पक्राउ परेका छन्।

    पूर्वी कमान्डअन्तर्गत कम्पनी कमिश्नरसहित दुई जनालाई मोरङ प्रहरीले मिक्लाजुङ गाउँपालिका १ बाट बुधबार पक्राउ गरेको हो।

    सप्तरी सुरुङ्गा नगरपालिका-२ का ३२ वर्षीय काशीनाथ घिमिरे प्रतिक र इलाम चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    उनीहरूले हातहतियार देखाएर चन्दा असुली गरिरहेको गुनासो आएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुबाट प्रहरीले हतियार र विस्फोटक पदार्थ बरामद गरेको छ।

    काशीनाथ घिमिरे विप्लव समूहको पूर्वी कमान्ड मेची कोशी ब्यूरो चौथो कम्पनीका कम्पनी कमिश्नर र विज्ञान राई सदस्य रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार