Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ


    बुधबार, माघ १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका-७ सिफल डेरा गरी बस्ने तनँहु घर भएकी ५४ वर्षीया रूक्मा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९३ हजार २ सय रूपैयाँ र ८ बुक ताससहित मंगलबार साँझ पक्राउ गरेको हो ।

    ओखलढुंगा, सिद्धिचरण नगरपालिका-११ मिलनचोक बस्ने ५० वर्षीय कोटिका बहादुर गिरीको माया होटलमा जुवातास खेलिरहेको अवस्थामा गिरीसहित ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार