Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै घरको ५ तलाबाट हाम फालेर व्यापारीले गरे आत्महत्या


    बुधबार, माघ १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । पाँच तले घरबाट हाम फालेर धनगढीका एक व्यापारीले आत्महत्या गरेका छन् ।

    धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बुधबार बिहान करिब ११:२० बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो ।

    कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए ।

    अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए ।

    यस घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार