Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • बाराबाट ५३ तोला चाँदीसहित दुई जना पक्राउ


    मंगलबार, माघ ९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • वीरगन्ज । ५३ तोला चाँदीसहित बारामा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा गरेको जाँचमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो ।

    बारा प्रहरीले धरान उपमहानगर वडा नम्बर ५ बस्ने गुजराज विक र सुनसरीको इटहरी नगरपालिका बस्ने बद्री विकलाई पक्राउ गरेको छ ।

    वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा फर्जी बिल भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

    चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीसहित उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

    बाराबाट ५३ तोला चाँदीसहित दुई जना पक्राउ

    वीरगन्ज । ५३ तोला चाँदीसहित बारामा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा गरेको जाँचमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो ।

    बारा प्रहरीले धरान उपमहानगर वडा नम्बर ५ बस्ने गुजराज विक र सुनसरीको इटहरी नगरपालिका बस्ने बद्री विकलाई पक्राउ गरेको छ ।

    वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा फर्जी बिल भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

    चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीसहित उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

    बारा प्रहरीले पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनायो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार