Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • भक्तपुरमा एक महिला मृत भेटिइन्


    मंगलबार, माघ ९ २०८०
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरमा एक महिला मृत फेला परेकी छन्।

    आज बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे सडक डिभिजन कार्यालय नजिकैको एक घरमा डेरा गरी बस्ने महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

    काभ्रे नमोबुद्ध नगरपालिका-१ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३५ वर्षीया अनिता थापा मृत फेला परेका हुन्। उनी गए राति खाना खाएर सुतेकी थिइन्।

    तर बिहान ९ बजेतिर उनका भाइले हेर्दा कोठामा घोप्टो परेको अवस्थामा फेला पारेकी थिइन्।

    त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी वृत्त जगातीबाट प्रहरीको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।

    परिसरका प्रमुख एसपी वेद विष्टका अनुसार घटना अहिलेसम्म शंकास्पद देखिएको छैन। यद्यपि मृत्युको कारण पोष्टमर्टम रिपोर्टबाट मात्रै थाहा पाइने उनले बताए।

    घटनाको थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार