काठमाडौँ। पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रमेश बोहराका अनुसार नेपाल–भारत सीमा दशगजानजिकै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ५ चमनटोलाबाट दुईजना भारतीयसहित एकजना नेपाली नागरिकलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका– २ हाटबजार टोल बस्ने २१ बर्षीय कलिम मियाँ, भारतको देवरिया जिल्लाा बरहजवा थाना करजहा बस्ने २६ वर्षीय अरुण मल र भारतकै महाराजगन्ज थाना कोतवाली ग्राम दुबौलीटोला छोटी पकडी नौनिया बस्ने २८ वर्षीया शैलेश बर्मा रहेका छन् ।
सीमा क्षेत्रमा कलिम मियाँले दुईजना किशाेरीलाई भारतीय नागरिक अरुण र शैलेशको जिम्मा लगाइरहेको अवस्थामा प्रहरीले शंका लागेपछि साेछपुछ गर्ने क्रममा पक्राउ गरिएको हो। प्रहरीले सोधपुछ गर्ने क्रममा ती दुई किशोरीले आफूलाई ललाइफकाई प्रलोभनमा पारेर भारतको गोरखपुरतर्फ लैजान लागेको बताएका थिए।
उनीहरूको साथबाट प्रहरीले लु.१८प ५२६९ नम्बरको मोटरसाइकल र युपी ५३ डिबी ४८३२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।
पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत परासीबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले बताएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend