काठमाडौँ। पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रमेश बोहराका अनुसार नेपाल–भारत सीमा दशगजानजिकै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ५ चमनटोलाबाट दुईजना भारतीयसहित एकजना नेपाली नागरिकलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका– २ हाटबजार टोल बस्ने २१ बर्षीय कलिम मियाँ, भारतको देवरिया जिल्लाा बरहजवा थाना करजहा बस्ने २६ वर्षीय अरुण मल र भारतकै महाराजगन्ज थाना कोतवाली ग्राम दुबौलीटोला छोटी पकडी नौनिया बस्ने २८ वर्षीया शैलेश बर्मा रहेका छन् ।
सीमा क्षेत्रमा कलिम मियाँले दुईजना किशाेरीलाई भारतीय नागरिक अरुण र शैलेशको जिम्मा लगाइरहेको अवस्थामा प्रहरीले शंका लागेपछि साेछपुछ गर्ने क्रममा पक्राउ गरिएको हो। प्रहरीले सोधपुछ गर्ने क्रममा ती दुई किशोरीले आफूलाई ललाइफकाई प्रलोभनमा पारेर भारतको गोरखपुरतर्फ लैजान लागेको बताएका थिए।
उनीहरूको साथबाट प्रहरीले लु.१८प ५२६९ नम्बरको मोटरसाइकल र युपी ५३ डिबी ४८३२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।
पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत परासीबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले बताएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend