Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेसबुकमा जथाभावी पोष्ट गर्ने पशुपतिका भण्डारी पक्राउ


    बुधबार, कार्तिक १२ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिषद्  काठमाडौंले उनलाई प्रकाउ गरेको हो। उनलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पक्राउ गरिएको बताइएको छ । 

    प्रहरीले भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट बुधबार पक्राउ गरेको हो । भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापालाई सामाजिक संजालमा गालीगलौज गरेको र फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको आरोपमा प्रकाउ गरेको प्रहरीले जनाएको छ।

    गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षको अवधिमा २ किलो भन्दा बढी खिइएको समाचार प्रकाशित भएपछि भण्डारीले थापाविरुद्ध बोलेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार