Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई भन्सार प्रमुखको सरुवाः भैरहवा र रसु्वाका लागि चर्को प्रतिस्पर्धा 


    बुधबार, कार्तिक १२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्रालयले २ उपसचिवको सरुवा गरेको छ । सुख्खा बन्दरगाह कार्यालय सिर्सिया पर्सामा लालबहादुर खत्री र बीरंगज भन्सार कार्यालयको प्रमुखमा गणेश अर्याललाई सरुवा गरेको छ । सुख्खा बन्दरगाह कार्यालयको प्रमु्ख पद रिक्त थियो ।

    त्यस्तै अर्थमन्त्रालयले २ बर्षभन्दा बढी अवधि पुगेका भन्सार र कर कार्यालयमा सरुवा गरेको छैन । भैरहवा, रसुवा, नेपालगंज, कृष्णनगर, महेन्द्रनगर, धनगढीका भन्सार कार्यालय प्रमुखको २ बर्ष अवधि पुगिसकेको छ । एयरपोर्ट भन्सारमा पनि २ उपसचिवको २ बर्ष पूरा भइसकेको छ । तर गएको भदौ २२ देखि अर्थमन्त्री रिक्त भएकाले सरुवा हुन सकेको थिएन । अर्थमन्त्रीमा नेकपाका महासचिव बिष्णुप्रसाद पौडेल नियुक्त भइसकेपछि उनले सरुवाको अधिकार सचिव शिशिरकुमार ढुंगानालाई प्रत्यायोजन गरिसकेका छन् । 

     करदाता सेवा कार्यालय, त्रिपुरेश्वर, पुतलीसडक, न्यूरोड, बालाजु, कोटेश्वर, टंगाल, महाराजगंज, ललितपुर–२ छन् । उपत्यकाबाहिरका दमक, लहान, चितवन, बीरगंज, धुलिखेल, भैरहवा, बुटवल, नेपालगंज, कृष्णनगर, धनगढी लगायतका आन्तरिक राजस्व कार्यालयका प्रमुखको पनि २ बर्ष अवधि पुगिसकेको छ ।

    २ बर्ष कार्यकाल पुगिसकेका भन्सार र आन्तरिक राजस्व कार्यालयका प्रमुखको सरुवा गर्न खोजे पनि रसुवा र भैरहवा भन्सारका लागि शक्तिशाली उपसचिवले दबाब दिएकाले पनि बिलम्ब भएको अर्थमन्त्रालय स्रोत बताउँछ ।

    ram p regmi.png

    रामप्रसाद रेग्मी

    राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीका विश्वासपात्र रामप्रसाद रेग्मीले भैरहवा र रसुवामध्ये एक भन्सार कार्यालयमा सरुवा गर्न ठूलो शक्ति प्रयोग गर्दैआएका छन् । रेग्मीको पहिलो प्राथमिकता भैरहवा भन्सार हो भने दोस्रोमा रसुवा हो । उनलाई भैरहवा नभए रसुवामा सरुवा गर्नैपर्ने दबाब अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानामाथि परेको छ । राजस्वका उपसचिवमध्ये बदनाम रेग्मीले महानिर्देशक मैनालीदेखि अर्थमन्त्रालयका नेकपानिकट ट्रेड युनियनका हर्ताकर्ता चण्डीराज घिमिरेदेखि सूर्य कुँवरसम्मलाई रिझाइसकेका छन् । कांग्रेस निकट ट्रेड युनियनका त उनी समर्थक नै भइहाले ।  

    रेग्मीलाई महानिर्देशक मैनालीले उनलाई ठूला ब्यापारीसँग डिल गर्नका लागि परिचालन गर्दैआएका छन् । ठूला ब्यापारीसँग डिल गर्ने र कारोबार भारतको दिल्लीमा गर्ने काम रेग्मीले गर्दैआएको आरोप छ । रेग्मीले ब्यापारीसँग दिल्लीमा डिल गरी उतै सेटलमेन्ट गर्दैआएका छन् ।

    अख्तियारबाट गएको भदौ २८ मा कार्यकाल सकिएका प्रमुख आयुक्त नवीनकुमार घिमिरे र राजस्वका महानिर्देशक मैनालीको मिलेमतोमा ठूला ब्यापारीसँग ठूलै डिल गरी दिल्लीमा सेटिङ हुने गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार