Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि प्रचारप्रसार निषेध


    मंगलबार, माघ ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्य निर्वाचनका लागि आजदेखि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । आयाेगले आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेध गरिएको जानकारी दिएको हाे ।

    प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाउने आयाेगले जनाएको छ ।

    आयाेगले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सोबमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार