Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कास्कीमा थपिए ८६ नयाँ कोरोना संक्रमित


    बुधबार, कार्तिक १२ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा। गण्डकी प्रदेशमा थप १ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान र दिउँसो गरी तीन पटक उपलब्ध गराएको विवरण अनुसार प्रदेशमा थप १२१ जनामा कोरोना पुष्टि भएको हो।

    बुधबार थपिएका संक्रमितमा सबैभन्दा बढी कास्कीका मात्रै ८६ जना रहेका छन्। त्यस्तै नवलपरासी पूर्वमा १६, स्याङ्जामा १२, तनहुँमा ३, गोरखामा ३ र मुस्ताङमा १ जनामा संक्रमण पुष्टि भएको हो।

    प्रदेश स्वास्थ्य निर्देशनलायका निर्देशक डा. विनोदविन्दु शर्माले संक्रमित सबैलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको बताए।

    योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार