Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा ह्‍वात्तै बढ्यो चिसो


    बुधबार, कार्तिक १२ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कार्तिक महिनाको मध्य नहुँदै काठमाडौंमा ह्‍वात्तै चिसो बढेको छ । देशका अन्य भेगमा पनि क्रमश: चिसो बढेको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ११.४ डिग्री मापन गरिएको छ ।

    मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद शान्ति कँडेलले तापक्रम घट्ने क्रममा रहेकाले पनि चिसो बढेको बताइन् । 

    दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ ।  आज बिहान पौने ९ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस छ । सबैभन्दा कम तापक्रम जुम्लामा १ र डडेलधुरामा ९.५ डिग्री सेल्सियस मापन भएको छ ।

    चिसो बढेपनि अहिले पानी पर्ने सम्भावना भने नरहेको कँडेलले बताइन् । पानी नपर्ने भएकाले बिस्तारै चिसो बढ्ने उनको भनाई छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार