Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झगडा गर्दा खुट्टा काटेको आरोपमा २७ जना पक्राउ


    बुधबार, कार्तिक १२ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षका कुमार विकको खुट्टा काटेको घटनामा संलग्न रहेको आशंकामा २७ जना व्यक्तिलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

    घटना लगत्तै ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले मंगलबार राति अनुसन्धानका लागि थप २२ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

    भान्जाको बिहेमा भोज खाएर घर फर्किँदै गरेका विकको तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा जाने सडक किनारामा अपरिचित समूहले बायाँ खुट्टा धारिलो हतियारले छिनालेका थिए।

    विकको अहिले भारतको लखनउमा उपचार भैरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार